देशभर ४२ प्रतिशत मतदान सम्पन्न « Imagekhabar – Online News Portal of Nepal


देशभर ४२ प्रतिशत मतदान सम्पन्न


78
Shares

काठमाडौं । देशभर ४२ प्रतिशत मतदान सम्पन्न भएको छ ।

दिउँसो २ बजेसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

देशभर शान्तिपूर्ण तरिकाले मतदान भइरहेको उहाँले बताउनुभयो । यद्यपि केही ठाउँमा भने झडप र गोली चल्नेसम्मका घटनाहरू भएका छन् ।

केही स्थानहरुमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका हुन् ।