बुद्ध नेपाली, सिन्धुली ।
सिन्धुलीमा पनि आज विभिन्न कार्यक्रम आयाेजा गरी संविधान दिवस मनाइँदै छ ।
२०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा सिन्धुलीमा आज विहान प्रभातफेरी गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस समिति सिन्धुलीको आयोजनामा प्रभावफेरि गरिएको हाे । कमलामाई नगरपालिका अगाडि लाेकतान्त्रीक चाेक देखि सुरू भएको प्रभावफेरि १ नम्बर, २ नम्बर बजार हुदै पुन लाेकतान्त्रीक चाेकमा पुगी काेणसभा गरिएकाे थियो ।
काेणसभालाई सम्बाेधन गर्दै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले देशका वीर सहिद, घाइते, अपांगहरूकाे बलिदानले नेपालकाे संविधान २०७२ प्राप्त भएको स्मरण गर्नुभयो ।
संविधानमा उल्लेख्य व्यवस्थाहरूकाे अक्षेरस पालना गर्दै देश र जनताको समृद्धिका लागि सबै पक्ष एकजुट भएर जिम्मेवारी पुरा गर्नुेमा जाेड दिनुभएको छ । दिवसकै अवसरमा आज साँझ दिप प्रज्जलन गरिने जनाईएकाे छ ।
प्रभातफेरी कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पाैडेल, कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधी तिवारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीति दलका नेताहरू, सरकारी, गैर सरकारी निकायका प्रमखु तथा प्रतिनिधि लगाएतकाे उपस्थिति रहेकाे थियाे ।









प्रतिक्रिया दिनुहोस्