Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा


0
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

तराई, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Skip This