काठमाडौं । गत २४ घण्टामा देशैभर ४१ वटा विपद्का घटना घटेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदबाट ३७ जिल्ला प्रभावित भएका हुन् । विपदबाट कूल २३ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । विपदमा परेर तीन जनाको निधन हुनुका साथै १९ जना घाइते भएका हुन् । प्राधिकरणले साउन ९ गते बिहानदेखि १० गते बिहानसम्म सबै भन्दा बढी सर्पदंशका घटना भएका छन् ।
विवरण अनुसार सर्पदंश १२, पहिरो ११, बाढी दुई, अविरल वर्षा चार, आगलगाी ६र जनावर आक्रमणका दुई घटना भएका हुन् । विपदमा परेकालाई उद्धारका लागि कूल १ सय ७५ प्रहरी परिचालन भएका छन् ।









प्रतिक्रिया दिनुहोस्