Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी घाइते, चालक फरार


0
Shares

काठमाडौं । बाजुरा जिल्लाको मार्तडी–कोल्टीस्थित बडिमालिका नगरपालिका–७ मा अज्ञात सवारीसाधनले विद्यालयबाट घर फर्किँदै गरेका विद्यार्थी दिलिप विकलाई ठक्कर दिँदा घाइते भएका छन् ।

ठक्कर दिने सवारी घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ। घटनापछि सामाजिक सञ्जालमा तस्वीरहरू सार्वजनिक भइरहेका छन्। स्थानीयवासीले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, उनीहरूले घाइतेको तत्काल निःशुल्क उपचार गर्न माग गरेका छन्।

स्थानीयका अनुसार उक्त क्षेत्रमा यातायात व्यवस्थापन कमजोर रहेको छ। सवारी साधन नरोकिने, टिकट काउन्टरको अभाव रहनेजस्ता समस्याले यात्रुहरू दैनिक सास्ती भोग्न बाध्य छन्। यसअघि जिल्ला प्रशासन कार्यालय, बडिमालिका नगरपालिका र वडा कार्यालयसँग यातायात सहज बनाउन काउन्टर स्थापना गर्न पटक–पटक आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गरिएको छ।

स्थानीयवासीले समयमै उचित व्यवस्थापन भएको भए दुर्घटनामा संलग्न सवारी साधन पहिचान गर्न सहज हुने बताएका छन्। उनीहरूले फरार सवारीको तत्काल खोजी गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन् ।