Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


पौडी खेल्ने क्रममा डुबेर शिक्षकको मृत्यु


130
Shares

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

देवचुली नगरपालिका(१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका(१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका(१० स्थित जनता माध्यामिक विद्यालयका शिक्षक हुनुहुन्छ । सुवेदीसहित स्कुलका सात जना शिक्षक पौडी खेल्न खोलामा गएका थिए ।