१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


स्याङ्जाका डिएसपी अधिकारी ‘उत्कृष्ट प्रहरी’ सम्मानित


0
Shares

स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र अधिकारी २०७७ सालको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

१५ महिना अगाडि स्याङ्जा आउनुभएका अधिकारी जिल्ला प्रहरी कार्यालयमा जेठ २२ गते हाजिर हुनुभएको थियो ।

अधिकारीलाई मातहतका प्रहरी कर्मचारीहरुलाई उचित ढंगले परिचालन गर्न सफल हुनुभएको भन्दै पुल अफ द इयर बाट सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक होबिन्द बोगटीले बताउनुभयो ।

अबैध घरेलु मदिरा नियन्त्रण, कोभिड १९ नियन्त्रण एबं बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालनमा उत्कृष्ट कार्यान्वयन गराउन डिएसपी अधिकारीको भुमिका प्रभावकारी रहेको प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।

प्रहरी कर्मचारीको मनोबल उच्च राख्न प्रहरी प्रधान कार्यालयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ‘उत्कृष्ट प्रहरी’ पुरस्कारलाई निरन्तरता दिदै आएको छ । प्रहरी कर्मचारीलाई डिउटीमा खटिएको कामको आधारमा प्रहरी जवान देखि प्रहरी अधिकृत सम्म पुरस्कृत गरिदै आएको छ ।