Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समाजका अभिन्न अंग हुन्: उपाध्यक्ष चाैधरी


13
Shares

आलोक भावुक

काठमाडाैं। दाङमा “गौरवमय यात्रा र सरोकारवालासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको सवाल” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिकाको आयोजनामा भएकाे उत्सवमय कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समाजका अभिन्न अंग भएकाे बताउनुभएकाे हाे । उहाँले उनीहरूको अधिकार, सम्मान र पहिचानको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जाेड दिनुभएकाे छ । उहाँले संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन गर्दै समावेशी समाज निर्माणमा स्थानीय तह प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो।

त्यसैगरी इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षकसाहिल बुढाथोकीले कुनै पनि व्यक्तिमाथि लैंगिक पहिचान वा यौनिक अभिमुखीकरणका आधारमा विभेद, दुर्व्यवहार तथा हिंसा हुन नहुने बताउनुभएकाे छ। उहाँले सबै नागरिकलाई कानूनले समान अधिकार प्रदान गरेको उल्लेख गर्दै यस्ता समुदायका व्यक्तिहरूले भोग्ने समस्या समाधानमा प्रहरी प्रशासन सधैं सहयोगी रहने बताउनुभयाे । अभिमुखीकरण कार्यक्रम प्रहरी जवानलाई दिन पनि आग्रह गर्नुभएकाे छ।

गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकी, वडा-५ का वडाध्यक्ष लेखबहादुर थापा, कार्यपालिका सदस्य चन्द्रा केसी, वडा सदस्यहरू, मानव स्वास्थ्य समाज दाङका प्रमुख जुनु चौधरी र टिला भुषाल लगायतको सहभागिता रहेको थियो।