Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


रुकुममा जीप दुर्घटना हुँदा ८ जना घाइते


91
Shares

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘फोर्स जीप’ दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् ।

शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलंगातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको सो सवारी साधन अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयाे ।