Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


गाजामा २० वर्षपछि पहिलो पटक स्थानीय निर्वाचन

देइर अल-बलाहमा मात्र मतदान सीमित

195
Shares

एजेन्सी । प्यालेस्टिनीहरूले गाजामा २० वर्षपछि पहिलो पटक स्थानीय निर्वाचनमा मतदान गरेका छन् ।

यद्यपि यो प्रक्रिया गाजाको मध्य क्षेत्रमा रहेको देइर अल–बलाह शहर र वेस्ट बैंकमा मात्र सीमित रहेकाे हाे। प्यालेस्टिनी केन्द्रीय निर्वाचन आयोगले देइर अल–बलाहमा शनिबार साँझ ५ बजेसम्म र वेस्ट बैंकमा साँझ ७ बजेसम्म मतदान जारी रहेकाे जनाएकाे छ । आयोगले प्यालेस्टिनी क्षेत्रहरूमा करिव १दशमलव ३ मिलियन मतदाता योग्य रहेको जनाएको हाे । जसमा देइर अल–बलाहका करिब ७० हजार मतदाता समावेश छन् । निर्वाचनले प्यालेस्टिनी क्षेत्रका १ सय ८३ स्थानीय निकायहरूलाई समेटेको छ ।

जम्मा १ सय ८३ स्थानीय निकायका लागि ३ सय २१ चुनावी सूचीहरू प्रतिष्पर्धामा छन्। जसमा ३ हजार ७ सय ७३ उम्मेदवारहरू नगरपालिका सिटका लागि र १ हजार ३ सय ५८ उम्मेदवारहरू गाउँ परिषदका लागि प्रतिष्पर्धा गरिरहेका हुन् । आयाेगले देइर अल–बलाहमा चार वटा चुनावी सूचीहरू प्रतिष्पर्धामा रहेकाे जनाएकाे हाे । प्रत्येक सूचीमा १५ उम्मेदवारहरू छन्, जसमा कम्तीमा चार जना महिला हुनु अनिवार्य गरिएको छ ।

सन् २००६ मा हमासले गाजाको नियन्त्रण लिएपछि त्यहाँ पहिलो पटक स्थानीय चुनाव भएको हो। राजनीतिक विभाजन र विभिन्न द्वन्द्वका कारण विगत २० वर्षदेखि निर्वाचन हुन सकेको थिएन ।