Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


रूपन्देहीमा १७ वर्षीय युवकको हत्या


975
Shares

काठमाडौं । रुपन्देहीमा एक युवकको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले कञ्चन गाउँपालिका-३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको जनाएकाे हो। बिहीबार साँझ हत्या गरिएको अवस्थामा ईशानको शव नालीमा फेला परेको प्रहरीले बताएकाे छ। टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले बताएकाे हाे। साेही घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेकाे प्रहरीले बताएकाे छ।

प्रहरीका अनुसार मृतक युवा बुधबार राति८ बजेदेखि सम्पर्क विहीन रहेका थिए। खोजी गर्दै जाँदा बिहीबार साँझ करिब ६ बजे तिर स्थानीयले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल वरपरको क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान तीव्र पारिएको र स्थानीयसँग सोधपुछ भइरहेको कार्यालयले जनाएकाे छ।