काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालले आजबाट संघर्षका कार्यक्रम सुरु गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकको निर्णय अनुसार पहिलो दिन आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जसपा नेपालले जनाएको छ ।
पार्टीले मंसिर ११ देखि १५ गतेसम्म विरोध कार्यक्रम र कोणसभाहरू आयोजना गर्नेछ । त्यस अन्तरगत जसपा नेपालले जिल्ला प्रशासन कार्यालयहरु अगाडि धर्ना दिने र जिल्ला स्तरीय विरोध सभाहरु गर्ने तय भएको छ ।
जसपा नेपालले मंसिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरु अङ्कित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मंसिर २७ गते देखि पौष ४ गते सम्म जिल्ला स्तरीय विरोध सभा/जनसभा आयोजना गर्ने बताइएको छ ।
प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोध सभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते भैरहवामा तय गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्