काठमाडौं ।
अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ ।
वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अहिले अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्नुहुँदै अब विगतमा जस्तो सरकारले डोहो¥याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताउनु भयो । उहाँले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको जिकिर गर्नुभयो ।
प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरु हुने गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र होइन । यो निकै लामो समयदेखिको चरित्र हो । प्रत्येक पाँच, ६ वर्षमा केही न केही यस्ता दुर्घटनाहरु भोग्ने गरेका छौँ । कतिपय प्राकृतिक, आर्थिक र राजनीतिक दुर्घटना होलान् ।
यस पटक जसरी जेन जीहरुले प्रविधिको प्रयोग गरेर देखाए, लाखौँ मानिसहरु जम्मा गरे । त्यही द्रुत गतिमा सरकार गठन भयो, त्यही द्रुत गतिमा रिकभरीको तयारीमा हामी गयौँ ।
अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको छ, त्यो बेलाको जस्तो सरकारले डोहो¥याएर यो यो कुरामा जानुपर्छ भन्ने जस्तो छैन । बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाइदिनुपर्छ । त्यसमै हामी लागेका छौँ । छोटो अवधि छ, कर्न सकिँदैन भनेर रोकिनु हुँदैन ।’
अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा पनि नरहेको बताउनु भयो । आर्थिक नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिले कहीँ समस्या हुने गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल




प्रतिक्रिया दिनुहोस्