समीर चापागाईं,चितवन । चितवनको भरतपुरमा जंगलमा निउरो टिप्न गएका एक व्यक्ति बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा निउरो टिप्न गएका करिब ४५ वर्षीय भीमकुमार महत्तो बेपत्ता भएका हुन् । साविकको टाइगर टप्स होटल जाने बाटो आसपासको जंगलमा हिजो दिउँसो करिब ३ बजे उनी निउरो टिप्न गएका थिए । उनीसँगै अन्य चार–पाँच…