काठमाडौं । दशकयताकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भड्किएपछि हङ्कङका केही सरकारी कार्यालयहरु बन्द गरिएको छ । हङ्कङमा प्रस्तावित नयां सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय सरकारले केही कार्यालयहरु बन्द गरेको हो । आज विहानैदेखि प्रदर्शनकारीहरुले सरकारी कार्यालयलाई घेराबन्दी गरेका छन् । हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि रवरका गोली र अश्रुग्यांस…