
वासिंटन, साउन २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका विभिन्न शहरमा भएका शृंखलाबद्ध हमलाको छानविन भइरहेको बताएका छन् ।
उनले यस्ता हिंसा रोक्नका लागि के गर्न सकिन्छ भन्नेबारे महान्यायाधिवक्ता, गुप्तचर निकाय र कंग्रेस सदस्यहरुसँग छलफल गरिरहेको बताए । चाँडै नै यसबारे औपचारिक धारणा ल्याइने उनको भनाइ छ ।
उनले अमेरिकामा हिंसालाई कुनै स्थान नदिइने प्रष्ट पारे । ‘हामीले यसलाई रोक्नका लागि आवश्यक काम गर्नेछौं,’ पत्रकारहरुसँग ट्रम्पले भने, ‘यस्ता घटना वर्षौंदेखि भइरहेका छन्, अब यसलाई हामीले रोक्नुपर्छ ।’
अमेरिकामा हिजो ओहायो र टेक्ससमा छुट्टाछुट्टै हमला भएका थिए । दुवै घटनामा हतियारधारीले गोली चलाउँदा कम्तीमा २९ जनाको मृत्यु भएको थियो ।
राष्ट्रपति ट्रम्पले मानसिक रोगको समस्याका कारण यस्ता घटना हुने गरेको बताए ।
बन्दुकजन्य हिंसाविरुद्ध कार्यरत एक गैरसरकारी संस्थाले अमेरिकामा २५१ वटा यस्ता आक्रमण भएको जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्