काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरेको छ । डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न सम्पन्न देशहरुलाई आह्वान गरेको छ । आफ्नो घोषणाले थप आर्थिक सहयोगका लागि बाटो खोल्ने अपेक्षासमेत डब्लुएचओले गरेको छ । डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका…