२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


म्यानमारमा रोहिंग्या समुदायको गाउँ ध्वस्त बनाएर सरकारी भवन बनाइएको खुलासा


0
Shares

काठमाडौं, भदौ २४ । म्यानमारको रखाइन प्रान्तस्थित रोहिंग्या मुस्लिम समुदायको गाउँहरु ध्वस्त बनाएर सरकारी भवन, प्रहरीचौकी तथा शरणार्थी शिविर तयार पारिएको छ ।

‘बीबीसी’काअनुसार म्यानमार सरकारले रोहिंग्या मुस्लिमको बसोबास रहेका कम्तीमा चार स्थानका पूरै गाउँ भत्काइएको छ ।

रखाइन प्रान्तका गाउँमा सरकारी भवनका लागि बस्ती नै विस्थापित गरिएको बीबीसीले उल्लेख गरेको छ ।

तर, सरकारी अधिकारीहरुले भने यसलाई अस्वीकार गरेका छन् ।

सन् २०१७ मा सैन्य कारबाहीका कारण सात लाख रोहिंग्या बंगलादेश पलायन भएका छन् । केहीको मृत्यु भएको छ । उनीहरुलाई म्यानमार फर्काउने प्रयास सफल हुन सकेको छैन ।

बंगलादेशका कारण रोहिंग्याहरुको फिर्ती सहज नभएको म्यानमारको आरोप छ ।

रोहिंग्याले नागरिकता र स्वतन्त्र आन्दोलनको सुनिश्चितताको माग गरे पनि म्यानमारले यसलाई अस्वीकार गरेको छ ।