काठमाडौं । उत्तर कोरियाले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । आज बिहान दक्षिणी हेम्याङ प्रान्तको हमहङ शहर नजिकैबाट जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उसले समुद्रतर्फ लक्षित गरेर प्रहार गरेका मिसाइल कुन प्रकारको हो खुलेको छैन । पछिल्लो दुई हप्ताको अवधिमा उत्तर कोरियाले गरेको यो पाँचौ प्रक्षेपण हो ।…