काठमाडौं, साउन २१ । अघिल्लो महिना पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमण भारतका लागि घातक बन्यो । घातक यसअर्थमा कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर मुद्दामा भारत र पाकिस्तानबीच मध्यस्थता गर्न आफू तयार रहेको बताए । उनले यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै आफूलाई प्रस्ताव गरेको खुलासा पनि गरे । त्यतिन्जेलसम्म अमेरिका र पाकिस्तानबीच…