काठमाडौं । अमेरिकी संसद्का चार महिला सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको निन्दा गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । ‘द स्क्वाड’ को नामले परिचित डेमोक्र्याटिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृले अमेरिकी जनतालाई भूलभुलैयामा नपार्न भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका हुन् । उनीहरुले सबैको ध्यान नीतिमा हुनुपर्ने र राष्ट्रपतिका शब्दमा दिन नहुनेसमेत बताए ।…