मेक्सिको, माघ ६ । मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ७१ पुगेको छ । हाइडाल्गो राज्यमा भएको दुर्घटनामा अन्य कयौं घाइते भएका छन् । राज्यका प्रशासन प्रमुख ओमार फायरले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताए । हेडाल्गो राज्यको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन छेडेर तेल चोर्ने प्रयास गरिंदा विस्फोट भएको अधिकारीहरुले जनाएका छन्…