एजेन्सी । इराकी प्रधानमन्त्री अडेल अब्दल महदीले अमेरिकी हवाइ हमलाको निन्दा गरेका छन् । प्रधानमन्त्री महदीले अमेरिकाले गरेको कारवाहीले इराकको सम्प्रभुता नै उल्लंघन भएको आरोप लगाएका छन् । आक्रमणसँगै अमेरिकासँगको सम्बन्ध र आन्तरिक सुरक्षाका बारेमा समीक्षा गर्ने बेला आएको प्रधानमन्त्री महदीको भनाइ छ । इराकको परराष्ट्र मन्त्रालयले यस विषयमा छलफल गर्न अमेरिकी दुतावासर्लाइ पत्राचार समेत…