बग्दाद, असोज १९ । इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भड्किएको सरकारविरोधी प्रदर्शनकाक्रममा मारिने व्यक्तिको संख्या १०० जना पुगेको छ । इराकी मानवअधिकार आयोगकाअनुसार शनिबारसम्ममा झन्डै चार हजार व्यक्ति घाइते भएका छन् । इराकी मानवअधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य सहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मीसमेत ९९ जनाको ज्यान गएको…