
काठमाडौं । भारत र पाकिस्तानवीचको सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबिच भएको भिडन्तमा दुई सैनिक मारिएका छन् ।
मारिएका दुई भारतीय सैनिक मध्ये एकजना नेपाली नागरिक रहेको खुलेको छ । ज्यान गुमाउनेमा नेपालका २५ वर्षे अर्जुन थापा मगर पनि रहेको खुलेको हो ।
अर्जुन गोरखाको रिप गाउँका नागरिक भएको बताइएको छ । सो भिडन्तमा राइफलम्यान मगरसहित २९ वर्षका सन्दीप रघुनाथको मृत्यु भएको हो । रघुनाथ भारतको महाराष्ट्रका बासिन्दा हुन् ।
नयाँ वर्षको दिन बुधबार जम्मू–कश्मीरको राजौरी जिल्लामा भएको भिडन्तमा दुई सैनिकको मृत्यु भएको भारतीय आर्मीका पब्लिक रिलेशन अफिसर लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्