दिवाकर बागचन्द । न्यूयोर्क, वैशाख १५ । अमेरिकामा कोरोना महामारीको केन्द्र बनेको न्यूयोर्क सहर विस्तारै खुल्दै जाने प्रयासमा छ । कोरोनाका कारण ठूलो मानवीय क्षति भोगेको यो सहरमा आशा र सम्भावनालाई जीवितै राखेर सतर्कतापूर्वक चहलपहल सुरु हुन थालेको हो । करिब ५० हजार नेपाली रहेको न्यूयोर्कमा ८ जना नेपालीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।…