काठमाडौं, कात्तिक २ । रुसको *साइबेरियास्थित क्रास्नोपार्क्स् क्षेत्रमा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । १३ जना हराइरहेका छन् । घटनामा घाइते भएका १४ जना सुनखानी मजदुरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । शनिबार भारी वर्षापछि आएको बाढीका कारण बाँध भत्किएको स्थानीय अधिकारीहरुले जनाएका…