Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


‘कोरोना’ संक्रमणबाट इटालीमा चारजनाको मृत्यु

रोम, फागुन १२ । इटालीमा नयाँ ‘कोरोनाभाइरस’को संक्रमणबाट सोमबारसम्ममा चारजनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लोपटक एकजना ८४ वर्षका वृद्धको कोरोनाकै संक्रमणबाट मृत्यु भएको हो । इटालीको लोम्बार्डीमै यसअघि अरु तीनजनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । यहाँ इटाली सरकारले पूरै गाउँ–बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ…