
तेहरान, फागुन १० । इरानमा शनिबार थप एकजना ‘कोरोना’ संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
योसहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
इरानमा कोरोना संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ ।
इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताए । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्