४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


डोनाल्ड ट्रम्प भारत आइपुगे, मोदीले गरे स्वागत


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका क्रममा भारत आइपुगेका छन् । उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अंकमालसहित स्वागत गरे ।

भ्रमणअघि पत्रकार सम्मेलन गरी उनले भारत भ्रमणलाई आफनो कार्यकालको उच्च प्राथमिकतामा राखेको भन्दै ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नजिकको मित्र रहेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति ट्रम्पले भारतमा रहँदा दिल्ली, आग्रा र गुजरातको भ्रमण गर्नेछन् । गुजरातको अहमदाबादमा राष्ट्रपति ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

एक लाख नागरिक सामेल हुने कार्यक्रमलाई नमस्ते ट्रम्प नामाकरण गरिएको छ । यसअघि प्रधानमन्त्री मोदीले अमेरिका भ्रमणका क्रममा नागरिक सभालाई सम्बोधन गरेका थिए ।

यसैबीच भारतमा ट्रम्पको स्वागतको लागि भब्य तयारी गरिएको छ भने सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।(एजेन्सी)