Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


इन्डोनेसियामा बाढी–पहिरोबाट १० हजार मानिस विस्थापित

जकार्ता, फागुन १४ । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी–पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओकाअनुसार यस प्राकृतिक प्रकोपबाट तीनओटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ । उनले ८०० हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको जानकारी दिए । उनकाअनुसार जिल्लाका अतिप्रभावित…