१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १८ पुग्यो (अपडेट)


0
Shares

एजेन्सी ।  दिल्लीको उत्तर–पूर्वी इलाकामा भड्किएको जारी हिंसामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १५० भन्दा बढी घाइते भएका छन् ।

गुरु तेग बहादुर अस्पतालका प्रबन्धक सुनिल कुमार गौतमका अनुसार हालसम्म १८ जनाको मृत्यु भएको हो । सोमबारबाट सुरु भएको प्रदर्शन आजसम्म पनि जारी छ ।

प्रदर्शनले उग्ररुप लिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गएराती हिंसाग्रस्त इलाकाको भ्रमण गरेका छन् ।

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले घाइतेहरुको उपचार गराइरहेको अस्पतालको भ्रमण गरेका छन् । घाइतेमध्ये कयौंको अवस्था गम्भीर रहेको उनको भनाइ थियो ।

सोमवारको प्रदर्शनमा ८१ व्यक्ति घाइते भएका थिए भने हिजोको घटनामा घाइते ६९ जनालाई उपचारका लागि अस्पताल पु¥याइएको थियो ।

विवादास्पद नागरिकता कानुनको पक्ष र विपक्षमा रहेकाहरु झडपमा उत्रिएपछि दिल्लीको उत्तरपूर्वी क्षेत्र असान्त बनेको हो ।

उत्तर पूर्वी दिल्लीको मुसलमान बाहुल्य स्थानमा गत वर्षबाट आन्दोलन सुरु भएको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कानुनी व्यवस्था सहज बनाउन केन्द्र सरकारसँग आग्रह गरेका गरेका छन् ।