एजेन्सी, जेठ १० । पाकिस्तानको कराची शहरमा शुक्रवार भएको विमान दुर्घटनाका जिवित एक व्यक्तिले दुर्घटनालगत्तै आफू होशमा आउँदा वरिपरी आगोबाहेक केही नदेखेको बताएका छन् । मृत्युको मुखबाट भाग्यवश बचेका उनले त्रासदीपूर्ण उक्त अग्निपरीक्षाको वर्णन गर्दै भने, ‘मैले कोलाहल, रुवाबासी र चिच्याहट मात्र सुँने ।’ पाकिस्तान इन्टरनेशनल एयरलायन्सको एयरबस ए ३२० विमान शुक्रवार कराँची विमानस्थलनजिक आवासीय…