Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


राष्ट्रपति ट्रम्पले आप्रवासी युवाहरुविरुद्ध कडाइ गर्न जारी गरेका निर्देशन सर्वोच्चद्वारा खारेज

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका आप्रवासनसम्बन्धि नीति खारेज गरेको छ । राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धि नीतिमा कडाइ गर्दै गैरकानुनी रुपमा अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने आदेश जारी गरेका थिए । अदालतको आदेशले कागजपत्र बिना अमेरिका प्रवेश गरेका ६ लाख ५० हजार भन्दा बढी युवाहरुलाई फिर्ता पठाउने सरकारी निर्णयलाई खारेज गरेको छ ।…