ब्राजिलमा कोरोना महामारीबाट ७२ हजारको मृत्यु • Image Khabar Image Khabar


ब्राजिलमा कोरोना महामारीबाट ७२ हजारको मृत्यु


Imagekhabar
२९ असार २०७७, सोमबार १३:०४

ब्राजिलमा कोरोना महामारीबाट ७२ हजारको मृत्यु

काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ ।

साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार पुगेको बताइएको छ ।

ब्रालिजमा पछिल्लो २४ घन्टायतामात्र ६३१ जनाको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ६४ हजार जना पुगेको छ ।

पछिल्लो २४ घण्टा यता मात्र ब्राजिलमा २४ हजार ९३१ जना नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ७२ हजार १०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका यतिधेरै संक्रमित थपिएका छन् । त्यस्तै गएको २४ घन्टामा ६३१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

गएको शनिबारमात्र यहाँ ३९ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो । एकै दिनमा यहाँ यति धेरै संक्रमित थपिनुका साथै १ हजार ७१ जनाको ज्यान गएको थियो ।

त्यसैगरी शुक्रबार मात्र यहाँका करिब १ हजार २०० जनाको एकैदिनमा निधन भएको बताइएको छ । यहाँ पछिल्लो समयमा नयाँ संक्रमितका साथै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ ।

ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १८ लाख नाघेको हो ।

उता रियो दि जेनेरियोमा भने यसै हप्तामात्र बार र रेष्टुरेन्ट खुलिसकेका छन् । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्