एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको प्रस्ताव विफल भएको छ । संसदको माथिल्लो सदन सिनेटले प्रस्तावलाई अनुमोदन गर्न अस्विकार गरेपछि राष्ट्रपति ट्रम्प महाअभियोगबाट जोगिएका हुन् । रिपब्लिकनको बहुमत रहेको सिनेटले राष्ट्रपति ट्रम्पलाई दोषमुक्त गर्ने पक्षमा मतदान गरेको हो । सत्ताको दुरुपयोग गरेको र अमेरिकी संसद कँग्रेसको मानहानी गरेको आरोपमा उनीमाथि महाअभियोगको लगाइएको थियो…