काठमाडौं, फागुन ३ । प्राणघातक ‘कोरोनाभाइरस’का कारण युरोपमा पनि एकजनाको मृत्यु भएको छ । चीनको हुबेई प्रान्तबाट आएका ८० वर्षीय चिनियाँ नागरिकको फ्रान्समा मृत्यु भएको हो । गत जनवरी १६ मा फ्रान्स आएका उनलाई प्यारिस अस्पतालमा ‘क्वारेन्टाइन’मा राखी उपचार गरिएको थियो । तर, उनको उपचारकै क्रममा मृत्यु भएको हो । एसियाबाहिर पनि ‘कोभिड–१९’ नाम दिइएको…