एजेन्सी, असार २९ । पोल्याण्डको राष्ट्रपतिमा रुढीवादी विचारका समर्थक वर्तमान राष्ट्रपति आन्जेई दुदाले जितेका छन् । आइतबार भएको मतदानमा दुदाले प्रतिस्पर्धी रफाल ट्रजस्कोस्कीलाई पराजित गर्दै ५१.२ प्रतिशत मत प्राप्त गरेको पोलिस निर्वाचन आयोगले जनाएको छ । सन् १९८९ मा कम्युनिष्ट शासन ढलेयता पोल्याण्डमा भएका राष्ट्रपति चुनावमा यस पटक सबैभन्दा साँघुरो अन्तरको जित भएको जनाइएको छ…