काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नामा नाइजेरियाली सेनाले गरेको हवाइ हमलामा बोको हरामका धरै लडाकूहरु मारिएका छन् । सेनाका प्रवक्ता जो इन्जेले एक विज्ञप्ती निकालेर आतंककारी समूहका क्याम्पमा हमला गरेको जनाएका छन् । उक्त हमलामा आतंककारीहरुका सैन्य गतिविधि, बन्दोबस्तीका सामान तथा अन्य महत्वपूर्ण दस्तावेजहरु क्षतिग्रस्त भएको सरकारी सेनाको दावी छ । सेनाले नाइजेरियामा जारी हिंसा…