काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि चीनसँग सहयोग मागेको तथ्य बाहिर आएको छ । बुधबार मात्र सार्वजनिक गरिएको अमेरिकी राष्ट्रपतिका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकमा राष्ट्रपति ट्रम्पले निर्वाचन जित्नका लागि पुनः अन्तर्राष्ट्रिय सहयोग मागेको उल्लेख छ । उनले राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि पनि वैदेशिक सहायता लिएर निर्वाचित हुने रणनीति…