एजेन्सी । रुसमा भएको जनमत संग्रहको अन्तिम चरणमा पुगेको मतगणनाबाट संविधान परिमार्जनको प्रस्ताव अनुमोदन भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउने बाटो खुला गरिदिने लगायतका बुँदा परिमार्जनमा प्रस्तावित थिए । निर्वाचन अधिकारीहरूका अनुसार संविधान परिमार्जनको प्रस्तावमा भएको चुनावको मतगणना करिब ९० प्रतिशत भइसकेको छ । ती मध्ये ७७ प्रतिशतले प्रस्तावको पक्षमा मतदान…