Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


ट्रम्पमाथि लागेको यौन दुर्व्यवहारको मुद्दा खारेज


0
Shares

trump pressure to gorgia governor

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन् ।

कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको अभियोग लगाएकी थिइन् । उनको सो आरोपले ट्रम्पको मानहानी भएको भन्दै न्याय विभागले बचाउको प्रयास गरेको थियोे तर अदालतले मानहानीको मुद्दा खारेज गरेको हो ।

ट्रम्पले सन् १९९० को दशकमा म्यानहटनको एक डिपार्टमेन्ट स्टोरमा आफूमाथि यौन दुर्व्यवहार गरेको ती महिलाको आरोप छ ।

कारोलले मुद्दामा राष्ट्रपति ट्रम्पले आफ्नो मानहानी गरेको समेत उल्लेख गरेकी छिन् । ट्रम्पले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आउनु भएको छ ।

न्याय विभागले ट्रम्पको सट्टा आफ्नै तर्फबाट मानहानीको मुद्दा दायर गरेको थियो । त्यसलाई लिएर न्याय विभागको आलोचना भइरहेको थियो। न्याय विभागले संघीय कर्मचारीको मानहानीको रक्षा गर्न पाउने कानूनको हवाला दिँदै मुद्दा दायर गरेको थियो।

तर म्यानहटनको संघीय जिल्ला अदालतका न्यायाधीश लेविस काप्लानले कानून अनुसार अमेरिकी राष्ट्रपति कर्मचारी नरहेको भन्दै मुद्दा नै खारेज गरेका हुन ।

सन् २०१९ को नोभेम्बरमा ट्रम्पका व्यक्तिगत वकिल मार्क कासोविट्जले न्यूयोर्क स्टेट कोर्टमा मुद्दा दायर गरेका थिए ।

तर त्यसपछि न्याय विभागले संघीय अदालतमा सो मुद्दालाई ल्याइ राज्यकै पक्षबाट ट्रम्पको बचाउ गर्न अग्रसर भएको थियो ।

संघीय न्यायाधीशले मानहानीको मुद्दा खारेज गरेसँगै ट्रम्पमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको छ । एजेन्सी