काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा गएरातिको तापक्रम नोभेम्बर महिनाकै सबैभन्दा बढि मापन गरिएको छ । शनिबार राति सिड्नीको तापक्रम २५ दशमलब ४ डिग्री सेल्सियस मापन गरिएको थियो । आइतबार दिउँसोको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । तापक्रम बढ्दै जाँदा न्यू साउथ वेल्स राज्यले पूर्वी र उत्तरपूर्वका अधिकांश क्षेत्रमा आगो बाल्न प्रतिबन्ध लगाएको छ…