काठमाडौं । म्यानमारमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ३८ जना मारिएका छन् । गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता नियन्त्रणमा लिएपछि जारी आन्दोलनका क्रममा झडप हुँदै आएका छन् । सेनाले सत्तारुढ दलकी नेतृ आङसाङ सूचीसहित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएको थियो । विभिन्न दलका नेताहरुको रिहाइको माग गर्दै दिनहुँ भइरहेका…