काठमाडौं । पाकिस्तानको कराँचीमा बाढीमा परेर कम्तिमा २३ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै बाढी र डुवानका कारण दर्जनौ घाइते भएका छन् भने धेरै घरबार बिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मुख्य व्यापारीक केन्द्र रहेको कराँचीमा बाढीका कारण सडक जलमग्न हुनुका साथै विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन थप कष्टक र भएको छ ।…