एजेन्सी, जेठ ३ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफ की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरूलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभ्याक्सका लागि उपलब्ध गराउन आग्रह गर्नुभएको छ । विश्वका न्यून तथा मध्यम आय भएका मुलुकका लागि खोप खरिद एवं वितरण गर्नेगरी विश्व स्वास्थ्य संगठन डब्लुएचओ मातहत कोभाक्स…