एजेन्सी । अफगानिस्तानमा हालै मात्र सरकार बनाएको तालिबानभित्रै आन्तरिक विवाद देखिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार नयाँ सरकारबारे तालिबानका सह संस्थापक मुल्लाह अब्दुल बरादर र मन्त्रिपरिषद्का सदस्यबीच राष्ट्रपति भवनमा विवाद भएको हो । यसअघि नै बरादर सार्वजनिकरुपमा देखिन छाडेसँगै तालिबानभित्रै विवाद भएको अनुमान गरिएको थियो । तर, तालिबानले भने यसलाई अस्वीकार गर्दै आएको थियो…