८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


हाइपरसेनिक मिसाइल परीक्षण गरेको समाचारमा सत्यता नभएको चीनको दावी


0
Shares

एजेन्सी । चीनले यस वर्षको सुरुमा परमाणु क्षमता भएको हाइपरसोनिक मिसाइल परीक्षण गरेको प्रतिवेदन अस्वीकार गरेको छ ।

हालै फाइनान्सियल टाइम्समा प्रकाशित उक्त प्रतिवदेनमा सत्यता नभएको भन्दै बेइजिङले खण्डन समेत गरेको छ । उसले मिसाइलको सट्टा अन्तरिक्ष यानको परीक्षण गरेको जनाएको छ ।

फाइनान्सियल टाइम्सले गत अगस्टमा मिसाइल परीक्षण गरेको समाचार प्रकाशित गरेपछि चीनले त्यसको खण्डन गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयले सो समाचारको खण्डन गर्दै मिसाइल नभइ अन्तरिक्ष यान भएको स्पष्टीकरण दिएको हो ।

मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बेइजिङमा नियमित प्रेस ब्रिफिङमा सो परीक्षण नियति भएको बताउनुभएको हो । उहाँले सो परीक्षण जुलाइमा गरिएकोसमेत बताउनुभयो ।

उक्त घटनासँगै चीन र अमेरिकाबीचको द्वन्द्व फेरि चर्किएको छ । अमेरिकाले भने बेइजिङले सैन्य आधुनिकीकरणको नाममा विभिन्न परमाणु हतियार र अत्याधुनिक प्रविधिको विकास गरिरहेको जिकिरसमेत गरेको छ ।