काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा समावेशी सरकार बनाउन वार्ता सुरु गरेको जनाएको छ । प्रधानमन्त्री इमरान खानले ट्वीटरमार्फत समावेशी सरकार बनाउन तालिवानसँग वार्ता सुरु गरेको जानकारी दिनुभयो । खानले अफगानिस्तानका छिमेकी देशका नेताहरू र विशेष गरेर ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँग छलफल गरेको जानकारी दिनुभयो । अफगानिस्तानका जातीय समूह तजिक, हजारा र उज्बेकहरूलाई सहभागी गराएर सरकार गठनको…