Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्नेछ : बाइडेन


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने बताएका छन् ।

ताइवानमाथि चीनले बढाउँदै लगेको दबावबारे सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले भने ‘हामी ताइवानको प्रतिरक्षामा उत्रिने छौं ।’

राष्ट्रपति बाइडेनको यो भनाइलाई अमेरिकाले लामो समयदेखि अवलम्बन गर्दै आएको चीन सम्बन्धि नीतिको प्रस्थान बिन्दु मानिएको छ ।

ताइवानलाई आफ्नो अभिन्न अंग मान्ने चीनले ताइवानमाथि थप दबाव बढाएमा अमेरिकाले सैन्य कदम चाल्न सक्ने संकेतको रुपमा पनि यसलाई विश्लेषण गरिएको छ ।

राष्ट्रपति बाइडेनले चीनसँगको द्वन्दको विषयमा आफू चिन्तित नरहेको भन्दै चीन, रुस र बाँकी विश्वलाई अमेरिकी सेना नै सवैभन्दा शक्तिशाली हो भन्ने राम्रोसँग थाहा रहेको बताए ।